दफा ३२
यात्रीगुण्टा सम्बन्धी दायित्व
(१) दर्ता भएको यात्रीगुण्टा ढुवानीको लागि स्वीकार गरिएको समयदेखि हस्तान्तरण नभएसम्म त्यस्तो यात्रीगुण्टा पूर्ण वा आंशिकरूपमा हराएको, क्षति भएको वा हस्तान्तरणमा ढिलाइ भएको सम्बन्धमा बोर्ड जवाफदेही हुनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कारणबाट यात्रीगुण्टा हराएमा, क्षति भएमा वा हस्तान्तरणमा ढिलाइ भएमा बोर्ड जवाफदेही हुने छैनः-

(क) यात्रीको गल्तीको कारणले,

(ख) बोर्डको गल्ती भएकोमा बाहेक यात्रीले दिएको

आदेशको कारणले,

(ग) पूर्वघोषणा नगरिएका टुटफुट हुन सक्ने

यात्रीगुण्टा भएको कारणले, वा

(घ) बोर्डको काबुबाहिरको परिस्थिति उत्पन्न भई

त्यस्तो परिस्थितिबाट बचाउ गर्न नसक्ने कारणले । (३) उपदफा (२) मा उल्लिखित कुनै कारणबाट यात्रीगुण्टा हराएको, क्षति भएको वा हस्तान्तरण गर्नमा ढिलाइ भएको प्रमाण पुच्याउने भार बोर्डको हुनेछ।